शनिबार, बैशाख ८, २०८१

ललितपुर काँग्रेसमा अमात्य

काठमाडौ फागुन ४, ललिपुर काँग्रेसको सभापतिमा सांसद मदन अमात्य पुनःनिर्वाचित हुनुभएको छ । सोमवार भएको दोस्रो चरणको निर्वाचनमा सासद अमात्यले आफ्ना प्रतिद्वन्द्वी जितेन्द्रकुमार श्रेष्ठलाइ ४६ मतले पछि पार्दै ३७१ मत सहित दोस्रो पटक सभापति पदमा download (3)विजयी हुँनु भएको हो ।

काँग्रेस विधाननुसार जिल्ला सभापति हुन खसेको मतको ५१ प्रतिशत अनिवार्य ल्याउनुपर्ने विधानत व्यवस्था अनुरुप भएको पहिलो चरणमा निर्वाचनमा सभापति पदमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसेको पछि आज पुन निर्वाचन गरिएको थियो । तर सचिव र कोषाध्यक्षमा भने क्रमशः भीमसेन घिमिरे २७६ र कर्म व्यञ्जनकार २८७ मत ल्याई निर्वाचित यसअघिनै निर्वाचित हुँनु भएको थियो ।