शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसः क्षेत्रीय र महाधिवेशन प्रतिनिधि चुनिए, क्षेत्र न ८ मा बज्राचार्य

काठमाडौ माघ २३, नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशन अन्र्तगतको लागि शुक्रबार  देशभर एक साथ क्षेत्रीय महाधिवेशन गरी महाधिवेशन प्रतिनिधि  क्षेत्रीय कार्यसमिति र महासमितिका  प्रतिनिधिहरु चुनिएका छन् ।    काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार बारा बाहेक अन्य अधिकांश जिल्लाका २२० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको IMG_20160205_110747निर्वाचन सम्पन्न हुने जानकारी दिनु भएको छ ।  माघ १५ गते सम्पन्न गाउँ, नगर वडा र नगरको अधिवेशनबाट निर्वाचित प्रतिनिधीले आजको पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्न लागेको हो ।

यसैक्रममा काठमाडौं काँग्रेस क्षेत्र न ८ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै काँग्रेस केन्द्रीय सदस्य एवम् सासंद नविन्द्रराज जोशीले विधिको शासनको उलङघन आफैमा जटिल समस्या भएको बताउँदै काँग्रेुस केन्द्रीय महाधिवेशनमा विगतको आत्मासमिक्षा, सम्पन्न हुँदै गरेको 12647239_10154064453151055_6904950130379339645_nकार्यको मुल्याङकन र पार्टीमा कार्यकर्ताको भूमिकासंग सम्बन्धीत ३ बुँदे मुद्धा उठान गर्ने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले पार्टीमा अव विचार चिन्तनको प्रवाह गर्ने सक्षम एवम् राष्ट्र र राष्ट्रियताको चिन्तन सहित जन राजनिती गर्ने सक्ने नेतृत्वको आवश्यकता रहेको जिकिर गर्नु भएको थियो । त्यस्तै उद्घाटन सत्रमा समानुपातिक तर्फका सासंद राज्यलक्ष्मी श्रेष्ठ,पूर्वमन्त्री मार्सल जुलम शाक्यलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसैवीच क्षेत्रीय अधिवशेनले जुद्धरत्न बजा्रचार्यको नेतृत्वमा सचिव राजेश श्रेष्ठ, कोषाध्यक्षमा रमिला शाक्य , र सदस्ययहरुमा पुष्करराज पाण्डे, यौवन प्रधान ,सिर्जन झा, राधाकृष्ण खड्का, जनक कपाली श्याम बहादुर सुनार, गम्भिरमान महर्जन,बद्री नेपाल, ज्योत्सना सिन्दुराकार सहितको क्षेत्रीय कार्यसमिति चयन गरेको छ भने जिल्ला सदस्यहरुमा रोमेल श्रेष्ठ , अमिन पाण्डे, राज्यकुमारी राजवंत , अमृत बज्राचार्य , बुद्धिमान बलामीलाइ निर्वाचित गरेको छ । त्यस्तै गरि महाधिवेशन प्रतिनिधीमा अरुण मानव , नविन चित्रकार , विमला टतुङगेल, मोहन बस्नेत, राजुराज जोशी ,रविन्द्रलाल श्रेष्ठ तेवेन्द्र शाक्य नेविन श्रेष्ठ, विजयगोल श्रेष्ठ, कृष्णा अमात्य , राज्यलक्ष्मी श्रेष्ठलाइ निर्वाचित गरेको समाचार प्राप्त भएको छ ।
साथै महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था काँग्रेस विधानमा रहेअनुरुप महासमिति सदस्यमा ,रविन्द्रलाल श्रेष्ठ , राजुराज जोशी, राज्यलक्ष्मी श्रेष्ठ, तेवेन्द्र शाक्य नेविन श्रेष्ठलाइ चयन गरेको थाहा भएको छ । काँग्रेसले जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ भने महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदैछ ।