शुक्रबार, बैशाख १४, २०८१

मण्डको ८ औ वार्षिक साधारण सभा सम्पन्न

गोपाल मानन्धर /काठमाडौ पौष २५ ,कामपा वडा  १९ ढोकाटोलस्थि मण्ड बचत तथा ऋण सहकारी संस्थाले आफ एक विशेष कार्यक्रमकावीच ८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रवीन IMG_20160109_112130 IMG_20160109_113056 IMG_20160109_113151 IMG_20160109_113420महर्जले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७१ ०७२ मा संस्थाको निक्षेप संकलनतर्फ १ करोड ४९ लाख १३ हजार रहेको त्यस्तै ऋण प्रवाह तर्फ १ करोड २४ लाख ४५ हजार रहेको जानकारी दिनु भएको थियो ।

त्यस्तै विगतमा कुसल संयोजनको अभावमा निकै ओरालो लागेको प्रस्तुत सहकारीको यस वर्ष वार्षिक आम्दानी २०लाख १० हजार गर्नुको अलावा ३५ हजार ४सय २ रुपैया ९९ पैसा घाटा रहेको जानकारी दिनु भएको थियो । संस्थाका उपाध्यक्ष दिनेश ताम्राकारको स्वागत अभिव्यक्तिबाट सुरुभएको प्रस्तुत कार्यक्रमको संस्थाका अध्यक्ष एवम पत्रकार महासंघ काठमाडौंका उपाध्यक्ष श्रीजन झाले सयुक्तरुपमा  उद्घाटन गर्नु भएको थियो ।

त्यस्तैगरि कार्यक्रममा आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको मण्डले बचतले यसवर्ष बचतकर्ताहरुमध्येबाट असल बचतकर्ता त्रिरत्न महर्जन र त्यस्तैगरि असल ऋणीहरु मध्येबाट सुनिता श्रेष्ठ जोशीलाइ विशेष सम्मान गरेको थियो ।
महासघका उपाध्यक्ष झाले सहकारीको उत्तरोउत्तर प्रगतिको कामना गर्दै आफ्नो तहर तप्का बाट यथा संधव सहयोग गर्ने बताउँनु भएको उक्त कार्यक्रममा संस्थाका लेखा विज्ञ वालमुकुन्द मुल्मी  । कानुनी सल्लाहकारद्दय वावुराम भटटराइ र हुमबहादुर खत्रीलायगतले शुभकामना मनतव्य  दिनु भएको थियो ।