शुक्रबार, चैत्र १६, २०८०

समृद्धको पाँचौं साधारण सभा सम्पन्न

काठमाडौं पौष १८, आर्थिक बर्ष २०७२/०७४ मा कारोबार रकमको १० प्रतिशत शेयरपूजी संकलन गर्ने लक्ष्यसहित समृद्ध बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कृषि,शिक्षा तथा विद्युत जस्ता उत्पादनशील र सामाजिक क्षेत्रमा समेत लगानी विस्तार गरिसकेको अवस्थामा अत्य उत्पादनशील क्षेत्रमा लगानी गर्न संस्थार्ला अझ समृद्ध तर्फ लैजाने लक्ष्य लिएको साधारण सभामा बताइएको छ । संस्थाकी कार्यकारी अध्यक्ष रजनी बस्नेतका अनुसार आर्थिक बर्ष २०७/२Sambridhha[1]७३ मा संस्थाले कूल निक्षेप संकलन १२ करोड पु-याउने लक्ष्य लिएको छ ।

साधारण सभाको उद्घाटन गर्दै नलसिंगाड स्टोरेज जलबिद्युत आयोजनाका कार्यकारी प्रमुख मोतीबहादुर कुँवरले अहिलेको उर्जा संकटबाट ग्रसित मुलुकमा सबै बित्तिय संस्थाहरुले उर्जा प्रबद्र्धनमा लगानी गर्नुपर्ने बताउनुभयो । नेपालको सन्दर्भमा आर्थिक समृद्धिको निम्ति सहकारी अभियानले ठूलो योगदान दिएको पनि कुँवरले बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नारायणप्रसाद अर्यालले सहकारीको अभियान बचत संकलन गर्नुतर्फ मात्र केन्द्रित नभएर सामाजिक उत्तरदायित्वतर्फ पनि उन्मूख हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समृद्ध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रत्न निरौलाले अहिलेको जटिल परिस्थितिमा सहकारी अभियानमा पनि चुनौती थपिएको बताउनुभयो । कार्यक्रममा रिब्स बचत तथा सहकारी संस्थाका पूर्व अध्यक्ष एवं भारतीय दुतावासका अधिकृत टि।वि।गुरुङ, सहकारी अभियन्ता के।पि।कुँवर लगायतले सहकारीका आधारभूत सिद्धान्त र मूल्य अनि मान्यताका बारेमा बताउनुभयो ।  संस्थाले आर्थिक बर्ष २०७०/०७१ मा १ करोड ५१ लाख ७७ हजार ५ सय ३६ रुपैयाँ कूल कारोवार गरेको यस आर्थिक बर्ष २०७१/०७२ मा ५ करोड ५४ लाख ५३ हजार १ सय ७९ रुपैयाँ कूल करोबार गर्न सफल भएको छ ।