शुक्रबार, बैशाख १४, २०८१

सहकारी भन्नु नै विश्वसनियताको आधार : वडाध्यक्ष श्रेष्ठ

काठमाडौं कार्तिक २२ ,
काठमाडौं महानगरपालिका वडा १९ स्थित मण्ड : बचत तथा ऋण सहकारी संस्थाले शनिवार एक विशेष कार्यक्रमकावीच १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको कामपा वडा न. १९का वडाध्यक्ष शशिलाल श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष दिनेश ताम्राकारको स्वागत अभिव्यक्तिबाट शुरु भएको  कार्यक्रमको औपचारिक सत्रमा प्रमुख अतिथी श्रेष्ठले सहकारीले पछिल्लो समयमा हाँसिल गर्दै आएको सफलता भविष्यमा थप विस्तारित होस भन्ने शुभकामना दिदै संस्थाको कार्य क्षेत्र विस्तारका लागि आफ्नो तर्फबाट यथा संभव सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाँले सहकारी भन्नु नै विश्वसनियताको आधार भएको भन्दै जहाँ विस्वास हुन्छ त्यहाँ सफलता अवश्य प्राप्त हुने विचार व्यक्त गर्नुभयो

काठमाडौं उपत्यका लगायत देशैभर बढ्दो कोभिड जोखिमकावीच भर्चुल माध्यमबाट सिमित सदस्यको भौतिक उपस्थितीमा आयोजित सहकारीको उक्त कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव श्रीजन झाले हिजो भन्दा आज सफलताको शिखरको मार्ग प्रसस्त गर्दै अगाडि बढेको सहकारीको व्यवस्थापन पक्ष धन्यवादको पात्र भएको बताउदै कुनै पनि संस्थाको सफलता र असफलताको मापन त्यस संस्थाको नेतृत्वमा निर्भर हुने र बचतकर्ता र सहकारी सञ्चालकवीचको मैत्रीपूर्ण सम्बन्धले त्यसलाइ थप मुखरित गर्ने बताउँनु भयो । साथै अवका दिनमा सामाजीक उत्तरदायित्वका कार्यलाइ समेत प्राथमिकरण गर्न व्यवस्थापन पक्षलाइ सुझाव दिनुभयो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष प्रवीन महर्जनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत भर्चुल माध्यमबाट प्रस्तुत गर्दै गत आवमा सहकारीले व्यहोर्दै आएको १७ लाख घाटा रकमलाए चालु आवमा साको पुर्ति सहित थप एक लाख मनाफा आर्जन गर्न सफल भएको बताउनुभयो भने संस्थाका अध्यक्ष जगदिश्वर शाहीले संस्थागत गतिविधीमथि  प्रकाश पार्दै आगामाी दिनमा संस्थाले मुनाफा मात्र नइ सामाजीक उत्तरदायित्वका कार्यक्रमलाइ समेत प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनुभयो ।

त्यस्तै संस्थाका सचिव गोपाल मानन्धरले सहकारीको अध्यायमा नयाँ कआयाम कोर्दै भावी दिनमा सहकारीमा कार्यरत कमचारीको वृति विकास लागि उर्जाशिल तालिम लगायतका आवश्यक थप अन्य गतिविधी समेत सञ्चालन गर्ने योजनातय भएको जानकारीदिदै सहकारीको पछिल्ले सफलताको लागि सहयोग गर्ने शेयर होल्डर र बचत कर्ताहरुप्रति आभार व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रमुख अतिथी अतिथी , सहकारीसञ्चालक समितिका पदाधिकारी, सल्लाहकार बालमुकन्द मुल्मी , कानुनी सल्लाहकार लगायत २५ जनाको उपस्थित रहेको थियो ।