मङ्लबार, बैशाख ११, २०८१

अमेरिकाको राष्ट्रपतिमा विजय हुने निश्चितभएसंगै वाइडेनले अमेरिकी जनतालाई यसरी गरे सम्वोधन

समाचार एजेन्सी/कार्तिक २२,
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो वाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुने निश्चितप्रायः भएको छ । मत गणनाको पछिल्लो परिणाम आउन बाँकी छ वटा राज्यमध्ये ४ वटा राज्यमा वाइडेनले अर्का निकटम प्रतिस्पर्धी राष्ट्रपति ट्रम्पले प्राप्त गरेको मतलाइ उछिन्दै अग्रता लिएसंगै वाइडेनको विजय निश्चितभएको हो ।

राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये यसअघि नै २६४ प्राप्त गरिसकेका वाइडेनले विहानसम्म जर्जिया, पेन्सिलभेनिया, एरिजोना र नेभाडामा राष्ट्रपति ट्रम्पभन्दा क्रमशः चार हजार २० मत, २१ हजार ७४९ मत, २९ हजार ८६१ र २२ हजार ६५७ मतले अग्रता लिनुको अलावा मतगणना समेत अन्तिम चरणमा पुगेको समाचार एजेन्सीले जनाएको छ ।

यसैवीच अमेरिकाको राष्ट्रपतिमा निश्चितप्राय भएसंगै वाइडेनले अमेरिकी जनतालाई सम्वोधन गरेको जनाउर्दै समाचार एजेन्सीले सम्वोधनका क्रममा उहाँले यो वा त्यो नाममा विभाजित अमेरिकी राजनीतिलाई एकाकार गर्ने बताउदै कोभिड, अर्थतन्त्र, जलवायु परिवर्तन र आप्रवासीको समस्यालाई प्राथमिकतामा राखेर पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएके बताइएको छ