शनिबार, बैशाख ८, २०८१

अध्यक्ष ओलीले बैठकका विषयमा कुनै निष्कर्ष नदिएसंगै प्रचण्ड सहितका नेताहरु रणभुल्लमा

काठमाडौैं कार्तिक २२,
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित ५ जना सचिवालय सदस्य क्रमस वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले समेतका नेताले प्रधानमन्त्री केपी ओलीलाइ लिखित पत्र सहित आज प्रमको सरकारी निवास वालुवाटार पुगेर सचिवालय बैठक बोलाउन माग गरेका छन

सचिवालय सदस्य समेत रहेका प्रधानमन्त्री ओलीलाइ बुझाईएको  पत्रमा बढ्दो कोभिड संक्रमणका कारण जनताको स्वास्थ्यमा  परेको असर र जनताको स्वास्थ्यका समस्या समधान गर्न, पार्टी स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्दै अगाडि बढ्न आवश्यकताको व्यहोरा उल्लेख गरिएको वालुवाटारबाट वाहिरिने क्रममा सञ्चारकर्मीलाइ जानकारीदिदै प्रवक्ता श्रेष्ठले  पत्र बुझाउदै गर्दा अध्यक्ष ओलीले बैठकका विषयमा कुनै निष्कर्ष नदिएको प्रवक्ता श्रेष्ठले बताए।

साथै प्रवक्ता श्रेष्ठले भने ‘अध्यक्ष ओलीले बैठकका विषयमा केही निष्कर्ष नदिए पनि ‘हामी भोलि या पर्सिसम्ममा बैठक बसेर यी सबै विषयमा गम्भीरतापूवक छलफल गरौँ र पार्टीलाई एकताबद्ध बनाउने, विधि पद्दतिका आधारमा पार्टी सञ्चालन गर्ने, निर्णय सबैले कार्यान्वयन गर्ने र छलफलमा स्वतन्त्रता काम कारबाहीमा एकरुपता कायम गर्ने पद्दतिका आधारमा निष्कर्षको पहिचान गर्ने तयारी रहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले बैठक बोलाउनुभएन भने के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले अहिलेनै त्यस्तो नसोचौं यो यस्तो सोच्ने वेला पनि होइन । सबै मिलेर छिटोभन्दा छिटो बैठक गर्ने र बैठकबाटै सकारात्मक निष्कर्ष निकाल्नुमानै सवैको कल्याण हुन्छ । कथम कदाचित भएन भने त्यसपछि के हुन्छ त्यो मइले भनिराख्नुपर्ने विषय होइन यहाँहरु जानकारनै हुनुहन्छ भन्दै प्रवक्ता श्रेष्ठले घुमाउरो पारमा भने ।