शुक्रबार, चैत्र १७, २०७९

स्यूचाटार साकोसको १४ औं साधारण सभा सम्पन्न

स्यूचाटार साकोसको १४ औं साधारण सभा सम्पन्न
काठमाडौं पुस २८,
पछिल्ले समय बढ्दो कोभिड कहरको अवस्थालाइ दृष्टिगत गर्दै स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले भर्चुल प्रविधिको प्रयोग गर्दै १४ औं वार्षिक साधारण सभा गत पुस २५ गते शनिवार सम्पन्न गरेको छ ।  संस्थाको आफ्नै नवनिर्मित भवनको सभाहलमा नेफ्स्कूनका  अध्यक्ष श्री परितोष पौडेलको प्रमुख आतिथ्यम तथा नागार्जुन नगरपालिकाका सहकारी नियमन प्रमुख सीता घिमिरे विहेष आतिथ्यतामा सम्पन्न साधारण सभाका यावत गतिविधि टि.भि टुडे र संस्थाको आधिकारी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पौडेलले संस्था बचत तथा ऋण ऋण सहकारी संस्थाहरु मध्ये एक नमुना संस्था भएको, संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरी कारोवार समेत संचालन गरी संस्थागत विकासमा नयाँ आयाम सिर्जना गरेकोमा बधाइ ज्ञापन गर्नुको अलावा युवा साझेदारी कार्यक्रम अन्तर्गत संस्थाले युवा परिचालन तथा रोजगारी तर्फ गरेको कार्य प्रगतिको प्रशंसा गर्दै  १ अर्ब माथिको कारोवार गर्ने संस्थालाई विशिष्ट श्रेणीको संस्थाको मान्यता प्राप्त हुने हुँदा त्यस तर्फ अगाडी बढन संचालक तथा व्यवस्थापकहरुलाई सल्लाह र सुझाव दिनु भयो ।

साधारण सभामा संस्थाको अध्यक्ष साधुराम गौतमले कोभिड १९ को महामारीको बिच पनि संस्थागत र सामाजिक कार्यक्रमहरुमा संस्था निरन्तर लागि रहेको र लकडाउनको कारण आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुलाई राहत उपलव्ध गराउन व्याजमा २ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको, सबै शेयर सदस्यहरुको कोभिड १९ को बिमा संस्थाले स्वयं गरिदिएको र प्रधानमन्त्री राहत कोषमा रु.१ लाख संस्थाको तर्फबाट आर्थिक सहयोग उपलव्ध गराइएको जानकारीदिदै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन तथा २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै उहाँले त्यसअवसरमा आ.व. २०७६/०७७ को आर्थिक विवरण पेश गर्दै, शेयर पूँजी ६ करोड ८० लाख ५५ हजार, बचत संलक ५३ करोड ४४ लाख ६ हजार र सदस्यहरुलाई लगानी गरेको ऋण ५२ करोड ६२ लाख ११ हजार पुगेको र संस्थाले आ.व. २०७६/७७ मा २ करोड ६७ लाख ९२ हजार खुद मुनाफा जानकारी समेत दिदै साधारण जगेडा कोष तथा अन्य कोषहरुमा रु.६ करोड ९३ लाख २२ हजारको व्यवस्था गर्न सफल रहेको बताउनु भयो

संस्थाका सचिव कृष्णहरि खत्रीको स्वागत अभिव्यक्तिबाट शुभारम्भ भएको साधारणसभामा लेखा समितिको तर्फबाट कृष्ण प्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सभाका उठेका जिज्ञासाहरुलाई संयुक्त रुपमा अध्यक्ष गौतम र कृष्ण प्रसाद लामिछानेले जिज्ञासाको सम्बोधन गर्नुभएको थियो भने कोषाध्यक्ष श्री बन्दना खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031