मङ्लबार, बैशाख ११, २०८१

विजेश्वरीको अध्यक्षमा मुल्मी

सफल कार्यकालको लागि शुभकामना

काठमाडौं पौष २३ , कामपा वडा    न . १५ स्थित विजेश्वरी सहकारी संस्थाको विशेष कार्यक्रमकावीच सम्पन्न ९औ वार्षिक साधारण सभाले वालमुकुन्द मुल्मीलाइ संस्थाको कुशल व्यवस्थापन सहित नेतृत्व गरोस भन्ने अभिप्राय सहित अध्यक्षताको जिम्मेवारी दिएको छ । मुल्मी यसअघि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यले दिनु भएको राजीनामा स्वीकृत भएपछि भएको निर्वाचनबाट मुल्मी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यसैवीच यस कान्तिपुर हटलाइन डटकमका समेत शुभचिन्तक एवम् सहयोगी रहनु भएका वालमुकुन्द मुल्मी विजेश्वरी सहकारी संस्थाको अध्यक्षमा निर्वार्चित हुनुभएकोमा  उहाँको कार्यकालको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दै  उहाँको नेतृत्वमा सहकारीले प्रचुर सफलता प्राप्त गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्दर्छौं ।