शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस उपसभापति पौडेल र भारतीय नेताहरूबीच भेटवार्ता

काठमाडौ पौष २२, पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी गत पौष २० गते ५ दिने भारत भ्रमणमा जानु भएका काँग्रेसका उपसभापति Ram-Chandra-Paudel1रामचन्द्र पौडेलले आज नयाँ दिल्लीमा भारतीय नेताहरूसँग भेटघाट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

उपसभापति पौडलको निजी सचिवालयलले जनाए अनुसार उपसभापति पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी तथा महासचिव राम माधवलगायत नेतासँग भेटवार्ता गर्नुभएको जनाउँदै भेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको बुझिएको छ ।