बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय एवम् आन्तरिक सुरक्षा नीति निर्माण र तत्काल सेवा प्रवाहको अनुभूति लागि भन्दै गृहद्दारा २९ बुँदे अवधारणा सार्वजनिक

काठमाडौ पौष २२, गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे अवधारणाको तर्जुमा गरी सार्वजनिक गरेको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्राथमिकता सहित उक्त अवधारणा सार्वजनिक गर्नुभएको हो । त्यस्तै सार्वजनिक गरिएको उक्त अवधारणामा shakti-basnet-499x330गरिने विषयलाई प्राथमिकरण गरिएको छ ।
त्यस्तै सार्वजनिको २९ बुँदे कार्यक्रममा गुन्डागर्दी तथा चन्दा असुलीजस्ता गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्ने, राजमार्ग र सहायक मार्गमा अवरोध सिर्जना हुन नदिने एवम् यातायातमा देखिएको एकाधिकारलाई समाप्त पारी स्वच्छ तथा प्रतिस्पर्धात्मक यातायात प्रणालीको प्रत्याभूति दिने विषयलाई पनि मन्त्रालयले सोच प्राथमिकतामा समावेश गरिएको छ । साथै सिंहदरबारलगायत देशका मुख्य सहरको सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न आवश्यकताअनुसार सिसिटिभी जडान गरी अनुगमन गर्ने व्यवस्था पनि गरिने बताईएको छ ।

त्यस अवसरमा जारी अवधारणा तात्कालिक, अल्पकालीन र दीर्घकालीन गरी दुई वर्षमा पूरा गरिनेछ पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले जानकारी दिदै कालोबजारी नियन्त्रण गरी वस्तुको सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन विशेष अभियान सञ्चालन गरिने मन्त्री बस्नेतले प्रतिबद्धता समेत जनाउँनु भएको छ ।  औद्योगिक सुरक्षा, सीमा सुरक्षा सशस्त्र प्रहरीबलको भूमिका ७५ वटै जिल्लामा विद्युतीय हाजिरीको व्यवस्था लागू गरिने प्राथमिकतापत्रमा उल्लेख गरिएको छ । सेवाग्राहीप्रति कर्मचारीको उत्तरदायित्व हुने व्यवस्थाका लागि देशभर स्थानीय एफएम रेडियोबाट सार्वजनिक सुनुवाइ एवम् सचेतनामूलक सन्देशलगायत पूर्वतयारीका कार्यक्रमसुरु गरिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031