शनिबार, बैशाख १५, २०८१

राप्रपा नेपालभित्र पनि मधेस विद्रोहको आवाज मुखरित

काठमाडौ पौष १३, एमाले नेतृत्वको गठबन्धनसरकारलाइ समर्थन गर्दै उपसभामुख उपप्रधामन्त्री लगायतका हाफदर्जन भन्दा बढि मन्त्रालयको बागडोर सम्हाल्दै आइरहेका कमलथापा नेतृत्वको राप्रपा नेपाल भित्रका मधेस कित्तामा पनि विरोधका आवाज गुञ्जन थालेको छन ।

rppnसमाचार स्रोतका अनुसार तराइ मधेस केन्द्रीत उपसभामुख गङगा यादव तथा सभासदहरु राज्यश्वरी देवी धानु महरा सहितका आठ जिल्ला सभापतिहरुको हालै सम्पन्न सामूहिक भेलाले पार्टी नेतृत्वले मधेसलाइ हेर्ने दृष्टिकोण र गर्ने व्यवाहरमा एकरुपता नल्याएको त्यस्तै मधेसका प्रतिनिधीलाइ सधै उपेक्षा गर्ने गरेको ठहर गर्दै नेतृत्व विरुद्ध विरोधका आवाज बुलन्द गर्ने तयारी गरेको बुझिएको छ । त्यस्तै यसअघि मधेस केन्द्रीत सभापतिहरुले सभासद् एवम पार्टी अध्यक्ष कमलथापाको सहोदर भाइ गणेश थापा हर्का सभासद तथा स्थानीय विकासराज्यमन्त्री कुन्ती शाही र पार्टी  सल्लाहकार राजाराम वर्तौला लगायतसंग पनि छलफल गर्दा कुनै सुनवाइ नभएको भन्दै आक्रोशित मुद्धामा आफेना असन्ताषका आवजहरु पोखेका छन ।

त्यस्तै ति मधेस कित्ताका सभापतिहरुले मधेसमाथि यस्तै विभेद जारी राख्ने पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गर्दै गर्दा पार्टीका एक तप्काले अध्यक्ष थापा चिन बाट पर्के लगत्तै कारवाही गर्ने धम्की दिएको भएपनि मधेस माथि राप्रपा नेपालले अख्तियार गर्दै आएको दृष्टिकोणमा परिवर्तन गरेन भने हिन्दूत्वको नारा अलाप्र्दै गठबन्धन सरकारमा भागशान्ति गर्दै आएका राप्रपा नेपाल भित्र पनि मधेस भूकम्पको ठूलै परकम्पन जाने स्रोतको दावी रहेको छ ।