शुक्रबार, बैशाख १४, २०८१

क्रियाशील सदस्यता वितरण एकलौटी भएको जिकिर सहित पार्टी मुख्यालयमा केन्द्रीय सदस्यनै अनसनमा

काठमाडौ पौष १३ पार्टीको क्रियाशील सदस्यता एकलौटी वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले सुरु गर्नु भएको रिले अनशन आज पनि जारी राखेका छन् ।  सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिले 132निर्णय गरेर पठाएको परिपत्रलाई समेत उलङ्घन गरी एकपक्षीय ढङ्गले क्रियाशील सदस्यता वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा पार्टी मुख्यालयमा अनशन सुरु गरिएको हो ।

त्यस्तै अनसन कारीहरुले पार्टीको विधान विपरित आफ्ना भाइभतिज, नातागोतालाइ बाँडिएको क्रियाशील सदस्यता मान्य नहुँने जिकिर सुहित सुरु गरिएको प्रस्तुत अनसनको माग सुनवनइ नभए मंगलवारबाट आमरण अनशन सुरु गरेर्न तयारी रहेका बताईएको छ ।
अनशनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला सङ्घ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनशनमा बस्नुभएको छ