शनिबार, बैशाख १५, २०८१

राजदुत रेको नयाँ चरित्र, प्रमुख दलका नेताहरुलाइ दिवा भोजमा आमन्त्रण गर्दै भने-नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो

 काठमाडौं मार्ग २५, यो वा त्यो बहानामा भारतले नपालमा माथि लगाउँदै आएको नाकाबन्दीका कारण आम नेपालीको जनजीनव कष्टकर बन्दै गरेको यर्थाथको विपरित आज राजधानीस्थित भारतीय दुतावासमा नेपालका लागि भारतीय राजदुत रञ्जीत रेले आज मुलुकका  प्रमुख दलका  नेतालाइ दिवाभोजम आमन्त्रण imagesगर्दै नयाँ चरित्र देखाएको छ ।

यसवीचमा नाकाबन्दीको सवालमा राजदुत रे ले दिएको विवादास्पद अभिव्यक्तिकै कारण सडक देखि सदनसम्म चर्को आवाजमा उनलाइ भारत फिर्ता पठाउँन माग गरिएको थियो । तर आज उनैले आमन्त्रण गरेको दिवा भोजमा पुगेका नेपाली नेताहरु क्रमस एमालेका नेता सुरेन्द्र पाण्डे, एमाओवादीका प्रभु साह, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण आनन्दप्रसाद ढुङ्गानालगायतले नेपालीलाए कष्ट दिन सम्म दिदै अन्तत नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो भएकाले त्यसलाई आपसी विश्वासका आधारमा सौहार्द बनाउनुपर्नेमा जोड दिएको अभिव्यक्ति सुन्दै गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।