शनिबार, बैशाख ८, २०८१

हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै प्रम ओलीलाइ ज्ञापन

काठमाडौं मार्ग २५,  नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आज प्रधानमन्त्री, उपप्रधानमन्त्री anup_20151112_28-300x200र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाइएको मञ्चले जनाएको छ ।
त्यस्तै मञ्चले बुझाएको ज्ञापनपत्र २०४७ सालको संविधान लागू गर्नुपर्ने, धर्म निरपेक्षता र सङ्घीयता खारेज गर्नुपर्ने, पाँच विकास क्षेत्रलाई कायम गर्नुपर्ने, राष्ट्रिय झन्डा र राष्ट्रिय चिह्नलाई यथावत राख्नुपर्नेलगायतका माग गरेको प्राप्त समाचारमा जनाईएको छ ।