शनिबार, बैशाख १५, २०८१

तत्काल नाकाबन्दी अन्त्यको आग्रह गर्दै भारतीय प्रम मोदीलाइ मानवअधिकारकर्मीको पत्र

काठमाडौं मार्ग २१ मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोध पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूतावासमार्फत बुझाएको छ ।
भारतीय   दूतावास  विश्व मानवअधिकार दिवसका अवसरमा माार्ग १८ गतेदेखि आजसम्म सङ्कलन गरिएको हस्ताक्षर हस्ताक्षर समाजले आज दूतावासमा बुझाएको हो ।
६७औं विश्व मानवअधिकार दिवसका सन्दर्भमा हामी नाकाबन्दी मानवअधिकारमाथि कुठाराघात हो भन्ने सत्य महामहिमलाई स्मरण गराउँदै भारतले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्दछौँ’ भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई सम्बोधन गरी लेखिएको पत्रमा हजारौँ नेपालीले हस्ताक्षर गरेको समाजले जनाएको छ ।