शुक्रबार, बैशाख १४, २०८१

ठगी तथा कालो बजारी गर्दै आएका शर्मा विरुद्ध मुद्दा दायर

काठमाडौ पौष २, कालोबजारी गरेको आरोपमा सरकारले आयल निगम थानकोट डिपोका प्रमुख रवीनकुमार शर्मा विरुद्ध पाँच वर्ष कैद माग गर्दै आज काठमाडौँ Rabin-Sharmaजिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ ।
यसैगरी क्रिस्टल फ्युल सप्लायर्सका मेनेजर कल्याणराज खड्का र सञ्चालक विष्णुबहादुर खड्का, डिलर एसोसिएसनका सचिव हेमविक्रम बराल तथा पेट्रोल पम्पमा रिमोट जडान गर्न मद्दत गर्ने अयुब आलम , न्यु बङ्गलामुखी आयलको ठेक्का लिने सीताराम घिमिरे, धनबहादुर थापा र टङ्ककुमार श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरिएको प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।