बिहिबार, बैशाख १३, २०८१

राज्यकोषको दुरुपयोग गरेको दलिलसहित सशस्त्रका प्रमुख वन्तलाई निलम्बन गर्न आयोगको सरकारलाई सिफारिस

काठमाडौ पौष २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा झुट्ठा बिल भर्पाई बनाई राज्य कोषको दुरुपयोग Kosh-raj-Wantaगरेको पाइएको दलिलसहित तत्काल निलम्बन गर्न आयोगले आज सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार आव वर्ष २०६९/७० र २०७०/७१ मा विभिन्न समयमा मुलुकभर रहेका सशस्त्र प्रहरीको विभिन्न युनिटमा सामान ढुवानी गर्दा महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएका कारण यस किसिमको सिफारिस गर्नुको अलावा प्रहरी नायब उपरीक्षकद्वय सुमनजङ्ग थापा, रामकृष्ण महर्जन र प्रहरी निरीक्षक बिनबहादुर थापालाई पनि तत्काल निलम्बन गर्न आयोगले सम्बन्धित सरोकारवाला निकायलाई सिफारिस गरेको जनाएको छ।