शनिबार, बैशाख १५, २०८१

अवदेखि सार्वजनिक सवारीको छतको यात्रामा प्रतिबन्ध

हाल सडकमा ७५ प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याङ्क

काठमाडौ पौष १३, भारतीय सरकारको अघोषित नाकाबन्दीका कारण सिर्जना भएको इन्धनको चरम अभावसंगै सार्वजनिक सवारीमा बढदो छतको यात्रा प्रति नजरअन्दाज गर्दै आइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले अव देखि सडकमा सवारीको सङ्ख्या बढ्न थालेपछि imagesसवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम छतको यात्रा एवम् बढी यात्रु बोक्ने सवारीलाई कारबाही सुरु गर्ने भएको छ ।

त्यस्तै एकातर्फ छतको यात्रा अर्को तर्फ मोटरसाइकलमा पनि दुइजना भन्दा बढि व्यक्ति सवार भएको ट्राफिक प्रहरीले भेटेपछि कारवाही गर्न थालेको जनाइको छ । सिमा नाकामा जारी अवरोध केहि खुकुलो हुँदै इन्धन आपुर्ती पनि सहज हुँदै गएको जनाउँदै ट्राफिक प्रहरीले कारवाही प्रक्रियालाइ तिव्र बनाएको हो । ट्राफिक प्रहरीका अनुसार हाल सडकमा ७५ प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । सार्वजनिक सवारीको सङ्ख्या ७० प्रतिशतभन्दा बढ्दै गएपछि ठूला बसको छतमा पनि यात्रु निषेध गरिने जनाएको छ ।