शुक्रबार, बैशाख ७, २०८१

एकसाता भित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन आयोगको नितिगत निर्देशन

काठमाडौ पौष १३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई सात दिनभित्र राहत प्रदान गर्न निर्देशन दिएको छ । प्रेस विज्ञप्तिः-1चिसोका कारण जिल्लाजिल्लामा भूकम्पपीडितको निधन भएको समाचार सार्वजनिक हुन थालेपछि आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, आपूर्ति मन्त्रालय र प्रमुख तीन सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएको हो । त्यस्तै आयोगले जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत तत्काल राहत वितरण गरेर त्यसको जानकारी दिन र अटेर गर्ने कर्मचारी तथा सम्यन्त्रलाई तत्काल विभागीय कारबाही गर्न आयोगले आग्रह पनि गरेको छ ।

त्यस्तै तत्कालका लागि न्यायो कपडा किन्न भन्दै सरकारले भूकम्पपीडितलाई रु १० हजार उपलब्ध गराउने भनेर जिल्ला जिल्लामा पठाइएको रकम वितरण नभएको र राहत वितरण प्रभावकारी नभएको भन्दै नागरिकको तहबाट व्यापक गुनासो आएपछि आयोगले सात दिनभित्रै भूकम्प प्रभावित १४ वटै जिल्लामा उक्त रकम वितरण गर्न र त्यसको जानकारी आयोगलाई गराउन पनि भनेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930