शुक्रबार, बैशाख १४, २०८१

३ हजार युवालाई पुनःनिर्माणका तालिम

काठमाडौ मार्ग १२ , नेपाल सरकारको सहकार्यमा रोजगार कोष हेल्भेटास इन्टरकोअपरेसन नेपालले भूकम्प प्रभावित छ जिल्लाका ४७ गाविसका ३ हजार युवाका imagesलागि पुनःनिर्माणका लागि तालिम दिने भएको छ ।

शुक्रवार हेल्भेटासले राजधानीमा सीप प्रशिक्षण अन्र्तगत पहिलो चरणको कार्यक्रमको आरम्भ गर्दै भूकम्पले भौतिक र मानवीय क्षति बढी भएका जिल्लाका तीन हजार युवालाई यस किसिमको प्रशिक्षण दिन लागेको जानकारी दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै प्रप्त समाचारमा हेल्भेटासका राष्ट्रिय निर्देशक डा भरत पोखरेलले पहिलो चरणमा गोरखाका ६, धादिङका ५, सिन्धुपाल्चोकका ८, दोलखाका ६, रामेछापका १२ र ओखलढुङ्गाका १० गाविसमा प्रस्तुत कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको उल्लेख गरिएको छ ।