मङ्लबार, बैशाख ११, २०८१

मन्त्रालयले काजका कर्मचारीलाइ फिर्ता बोलाउँदै

काठमाडौ मार्ग १२ , सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा लामो समयदेखि काजमा रहँदै आएका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ । Employee-550x250मन्त्रालयका अनुसार गत श्रावण महिनादेखि ३ महिने  काज लिएका कर्मचारी १ मार्ग देखि कार्यालयमा फर्किनुपर्नेमा अझै नफर्किएपछि यस्तो निर्णय गरेको जनाएको छ ।
त्यस्तै मन्त्रालयले काजमा गएका कर्मचारी नफर्किने प्रचलनले गर्दा गर्दा काम कारबाही प्रभावित हुनुको अलावा सेवाग्राही मर्कामा परेको भन्ने गुनासो आए पछि यस्तो निर्णय गरिएको जानकारी जनाएको छ । साथै मन्त्रालयले शिक्षा, स्थानीय विकास, कृषि, भूमिसुधारलगायतका मन्त्रालय मातहतका कार्यालयका धेरै कर्मचारी काजमा रहेको जनाउँदै कुनै योजनामा अस्थायी दरबन्दीमा काजमा रहेका कर्मचारी भने फर्किनुपर्ने नपर्ने बताएको छ।