शनिबार, बैशाख १५, २०८१

यस्तो छ वीरगञ्ज घटनाको सवालमा गृह मन्त्रालयको स्पष्टोक्ति

काठमाडौ कात्तिक १६, गृह मन्त्रालयले आज पर्सामा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ  अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ । त्यस्तै प्रदर्शनकारीको अराजकता  बढ्दै गएपछि स्थितीलाइ नियन्त्रणमा लिेने क्रममा भएको आजको प्रहरीले चलाएको  गोलीबाट   भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको  मृत्यु भएको  मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले ढकालले विज्ञप्ति मार्फत जनाउँनु भएको छ ।

त्यस्तै  विज्ञप्ति दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगञ्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पु-याई स्थिति तनावग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

साथै मन्त्रालयले आज बिहान ५ः३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको जनाउँदै मन्त्रालयले घटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय रहेका जनाएको छ ।