आइतवार, बैशाख २३, २०८१

फ्रान्समा भएको आतङ्ककारी क्रियाकलापका काँग्रेसद्वारा भत्र्सना

काठमाडौं  कात्तिक २९, काँग्रेस सभापति एवम्  पूर्व प्रधानमन्त्री  सुशील कोइरालाले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतङ्कवादी हमलाको Nepali_Congressभत्र्सना गर्नुभएको छ । सभापति कोइरालाले आज एक  कोइरालाले फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई शनिवार  शोक सन्देश पठाई शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो  । त्यस्तै सन्देशमा सभापति कोइरालाले  आतङ्कवाद शान्ति, विधिको शासन र विकासका निम्ति चुनौती भएको भन्दै    काँग्रेस कुनै पनि खालका आतङ्ककारी क्रियाकलापहरूको घोर भत्र्सना गर्दछ भन्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसकी नेत्री  एवमु विदेश विभाग प्रमुख सुजाता कोइरालाले पनि गएराति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्नुभएको छ ।नेत्री कोइरालाले शुक्रबार मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा भएको घटनाको आज विज्ञप्ति जारी गरी निन्दा गर्दै  जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर सबैभन्दा ठूलो विस्फोट हुनु दुःखद् भएको बताउँनु भएको छ ।