शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा ग्यास सहज नभएसम्म आइतवारबाट टिम्बरले दाउरा बेच्ने

काठमाडौ कात्तिक २८, भारतको नाकाबन्दीका कारण इन्धनको चरम अभावको सामना गर्दै आइरहेका राजधानीका जनताको लागि भन्दै टिम्बर कर्पोरेसनले 130128132535_firewood_640x360_bbc_nocreditआइतबारदेखि दाउरा बिक्री गर्ने भएको छ । कर्पोरेसनले मन्त्रीस्तरिय निर्देशनमा आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट प्रतिकिलो रु १५ मा दाउरा बिक्री गर्न लागेका जनाएको छ । त्यस्तै उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइने कर्पोरेसनले जनाएको छ ।