आइतवार, जेष्ठ ६, २०८१

जाडो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?

काठमाडौं  कात्तिक २९/ डा.रवीन्द्र पाण्डे जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस, चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ ! तसर्थ निम्न कुराहरुमा ध्यान दिऔं :

१. सकभर सफा तथा न्यानो कपडा लगाइदिने ! कान, नाक, तालु, घांटी र छातिमा अझ न्यानो कपडा लगाइदिने !  . घाम लागेको समयमा घाममा राख्ने ! . घाम नलागेको समयमा न्यानो बिस्तारा वा आगो / हिटरchildgrowing आदि भएको ठाउँ नजिक राख्ने ! ४. बाहिर कोइला रातो हुनेगरी बालेपछि बच्चालाई सेकाउने, तेल घस्ने अनि सुत्ने बेलामा कोइला बाहिर राख्ने !  . हावा छिर्नको लागि अलिकति झ्याल खुला राख्ने !  . नवजात शिशुलाई कंगारुले आफ्नो बच्चालाई छातीमा टासे जस्तै टाँसेर सुताउने !  . पटकपटक दुध, मनतातो पानी तथा झोलिलो खाने कुरा खुवाइरहने !  ८. रुघाखोकी लागेमा बेसार, ज्वानो, अदुवा, तुलसीको पात  तथा कागतीको रस राखेर पानीमा पकाएर खुवाइरहने !  ९. छाती, घांटी. निधार, तालु तथा अन्य शरीरमा तेलमा थोरै भिक्स मिसाएर मालिस गर्ने !

१०. चिसो हावा, चिसो खानेकुरा खान नदिने !  ११. शरीरको तापक्रम सन्तुलन गर्न दुध, गेडागुडीको रस, दाल, मासुको रस, तातो पानी तथा अन्य पौष्टिक आहार खुवाउने !  १२. ज्वरो, रुघा, खोकी लागेमा सामान्य सिटामोलको झोल  खुवाउने ! मौसमी रुघाखोकीमा एन्टिबायोटिकको जरुरी हुँदैन !  १३.ज्वरो आएकोबेला मनतातो पानीपट्टी लगाउने ! चिसो पानीको पट्टी नलगाउने, यसले एक्कासी शरीरको तापक्रम घटाएर झन् खतरा हुनसक्छ !  १४. तीन दिनसम्म ज्वरो नियन्त्रण नभए, लगातार खोकी लागे, सास फेर्न गाह्रो भएमा तुरुन्त आफ्नो चिकित्सकसंग स्वास्थ्य परिक्षण गराउने !  १५. कोखा हानेमा, ओँठ तथा औंला निलो भएमा, एकोहोरो  घ्यारघ्यार भएमा, शरीर चिसो भएमा तुरुन्त नजिकको अस्पतालको आकस्मिक कक्षमा पुर्याउने !