शुक्रबार, बैशाख १४, २०८१

प्रम ओली र भारतीय राजदुत रे वीचको भेटवार्तापछि उपप्रधानमन्त्री थापा आज दिल्ली जाँदै

काठमाडौ मार्ग १४ , उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणका लागिको नयाँदिल्ली जाँदै गरेको सम्वद्ध स्रोतले जनाएको छ । हुँन download (22)त उहाँको यो भ्रमण बैंग्लोरमा आयोजना हुने एक आध्यात्मिक कार्यक्रममा सहभागी हुने भनिएपनि मुलुकमा भारतको तर्फबाट सिमानाकामा जारी अघोषित नाकाबन्दी खुलाउँन आग्रह गर्न सरकारी स्तरबाटै जान लागेको बताइन्छ ।

समाचार सुत्रका अनुसार शनिवार नेपालका लागि भारतीय राजदुत रञ्जीत रेले प्रधानमन्त्री केपी शर्मा ओलीसंग गरेको भेटवार्ता त्यस्तै प्रम ओलीले नाकाबन्दी नखुलेसम्म भार भ्रमण गर्न देखाएको अनिच्छासंग जोदिएएर अर्थपूर्णरुपमा विश्लेषण गरिएको छ । त्यसो त उपप्रधानमन्त्री थापाको कार्यक्रम सेडुल पनि आध्यात्मिक कार्यक्रमको सहभागीतावछि दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तयभएबाट पनि प्रस्तुत संभावनालाइ बल पगेको बताइएको छ ।