बुधबार, बैशाख १२, २०८१

वार्ताबाट समस्याको हल गर्न परिषद्को सुझाव

a6de3a1361babe60b2f7d3fe078e5a05काठमाडौ मार्ग १४, नेपाल विश्व सम्बन्ध परिषद्ले आइतवार एक विज्ञप्ति जारी गर्दै मधेसमा जारी आन्दोलन र अवरोध कसैको हितमा नरहेकोले सबै पक्ष मिलेर वार्तामार्फत समस्याको निकास खोज्न सरकार र आन्दोलित दललाइ आग्रह गरेको छ । जन चाहनाअनुसार गत आश्विन ३ गते जारी भएको संविधानका राम्रा पक्षलाई ओझेलमा पारी केही नराम्रा पक्षलाई मात्र अगाडि ल्याएर संविधानलाई कमजोर पार्न खोजिएको परिषद्ले ठहर विज्ञप्तिमा संविधानको गलत परिभाषा सहित मधेसका केही राजनीतिक दलको अगुवाइमा भइरहेको राजनीतिक आन्दोलनले उग्ररूप लिइरहेकाले यसलाई समयमै समाधान गर्नुपर्ने उल्लेख गरिएको छ ।
परिषद्द्वारा आज प्रकाशित विज्ञप्तिमा भनिएको छ, “संविधान असंशोधनीय छैन यसलाई नै पूर्ण मान्नु हुँदैन, चित्त नबुझेको ठाउँमा संशोधान गर्नसक्ने प्रावधान खुल्ला हुँदाहुँदै पनि अहिलेको अवस्था आउनु कसैको हितमा नभएको र नेपालीलाई नै मोहोरा बनाएर गरिएको अघोषित नाकाबन्दीले नेपाली र भारतीय जनताबीच रहेको सौहार्द सम्बन्धलाई कटुतामा परिणत गरेको उल्लेख गरिएको छ ।