शुक्रबार, बैशाख १४, २०८१

जारी मधेस आन्दोलन वार्ता र संवादमा मार्फतनै समाधान : मन्त्री राई

काठमाडौ कात्तिक २० विहिवार सूचना तथा सञ्चार प्रविधिमा नियुक्त हुनु भएको नवनियुक्त सूचना तथा सञ्चार प्रविधि  मन्त्री शेरधन राईले मुलुकमा जारी मधेस आन्दोलन र अघोषित नाकाबन्दी छिटै वार्ता र संवादमार्फत समाधना हुँने बताउँनु भएको छ । रिपोर्टर्स क्लब नेपालले मन्त्री राईलाई बधाई र शुभकामना ser-dhan-rai- दिन आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री राइले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले भारतीय पक्षको नाकाबन्दीका कारण जनताले भोग्नुपरेको समस्यालाइ सम्बोधन गर्नका लागि सरकार ठोस नीति, कार्यक्रमसहित अगाडी बढ्ने तयारीमा रहेको जनाउँ दिनु भएको छ । साथै उहाँले साक्षत्कार कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र भौगोलिक अखण्डता तथा सार्वभौमिकता अक्षुण्ण राखेर मुलुकको विकास, उन्नति र प्रगतिका निम्ति जनताको विकास र समृद्धिको चाहनालाई साकाररुप दिनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुको अलावा संविधान जारी भएपछि पनि प्रमुख दलहरूबीच एकता र सहकार्य निरन्तर रहोस् भन्ने जनताको चाहनाबमोजिम प्रमुख दल सहमति र सहकार्यका साथ मुलुकका समस्या समाधान गर्न एक ठाउँमा उभिने विस्वास पनि मन्त्री राईको त्यस अवसरमा व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।