मङ्लबार, बैशाख ११, २०८१

मधेसी मोर्चाको मागप्रति सरकार सकारात्मक: उपप्रम गच्छेदार

ललितपुर कात्तिक २० , मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)को सातौँ स्थापना दिवसका अवसरमा आज ललिपुरमा आयोजित बृहत् रक्तदान vijay_kumar_gachhedarकार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागप्रति सरकार सकारात्मक भएको बताउँदै मोर्चाको माग पुरा गर्नेतर्फ पहल भइरहेको बताउनुभएको छ ।

  त्यस्तै उपप्रम गच्छदारले आन्दोलनको क्रममा जिवन गुमाएका मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने र उनीहरूका मुद्दा फिर्ता लिने विषयलाई राज्यले सम्बोधन गर्ने जनाउ दिदै थारू तथा मधेसी मोर्चाले माग गरेको प्रदेशको सङ्ख्या र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा पनि संविधान संशोधन गरेर सम्बोधन गरिने जानकारी दिनु भएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीको पनि सहभागिता थियो  ।