शुक्रबार, बैशाख १४, २०८१

छठपर्वको दोस्रो दिन आज खरना मनाइँदै

काठमाडौं कात्तिक ३०, आइतवार अर्थात कात्तिक शुक्ल चतुर्थी देखि विधिवत छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार  दिनसम्म मनाइने यो पर्व आजभोली तराइ देखि राजधानीमा पनि हर्षोल्लासका साथ मनाउँने गरिन्छ । पर्वको पहिलोे दिन आज व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर सम्पूर्ण अमय चिज (माछा मासु, लसुन, प्याज,आदि) परित्याग गरेका छन भने वर्तको दोस्रो दिन ‘खरना’ मनाउँने गरिन्छ ।

सूर्य उपासनको एक विशेष पर्वका रुपमा लिइएको छठ पर्व अन्र्तगत आजको दिन मुलत व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो पुजा कोठामा नयाँ चुल्हो स्थापना गरी सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् ।  त्यस्तै गरि मङ्गलबार अस्ताउँदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिने छ ।