शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिद्वारा ७ दिनभित्र नयाँ मन्त्रिपरिषद् गठनको लागि आह्वान

काठमाडौं आश्विन १५, राष्ट्रपति डा रामवरण यादवले मुलुकमा गत आश्विन ३ गते जारी नयाँ संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व download (16)गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले आफुले मुलुकमा संविधान जारीभए लगत्तै प्रमको जिम्मेवारी छोड्ने सवालमा गर्नु भएको प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आफूले राष्ट्रपतिलाई अनुरोध गर्ने जानकारी दिनुभएको छ ।

प्रम कोइरालाले व्यवस्थापिका संसद्को आजको बैठकमा सम्बोधन गर्दै यस्तो जानाकारी दिनु भएको हो । साथै उहाँले त्यस अवसरमा संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिबद्धता प्रकट गरिसकेको स्मरण समेत गर्नु भएको थियो । साथै सम्बोधनको क्रममा नेपाली जनताको सात दशकभन्दा लामो प्रयास र प्रतीक्षापछि संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियासफल भएकोमा सहयोग पु-याउने सबैलाई प्रधानमन्त्री कोइरालाले धन्यवादसमेत ज्ञापन गर्नु भएको थियो ।