शुक्रबार, बैशाख १४, २०८१

मछिन्द्रनाथको भोटो देखाउनका लागि साइत जुराइँदै

काठमाडौ आश्विन १८, वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको सबैभन्दा महत्वपूर्ण मानिने भोटो देखाउने जात्राका लागि साइत हेर्ने तयारी भइरहेको ललितपुर गुठी संस्थानले जनाएको छ । संस्थानका बज्राचार्यका अनुसार आगामी २१ गतेसम्ममा साइत हेर्ने काम सकी कुन दिन भोटो देखाउने मिति निश्चित IMG_1089sjh_Road-photography_Bhoto_Jatra_2071गरि भोटो देखाउने दिनको यकिन भएपछि हाल ठटीटोलमा रहेको रथलाई जावलाखेल पु¥याई राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाइने तयारी भइरहेको जनाउँदै साइत को काम नसकिएकाले अहिले रथलाई पानेजुहरुले दैनिक गर्दै आएको नियमित पूजा मात्रै गरिरहेको बताएका छन् ।

यस वर्ष १२ वर्षको रथजात्रा भएकाले यस जात्रालाई विशेष जात्राका रुपमा लिने गरिएको छ । हरेक वर्ष जावलाखेलमा मात्र भोटो देखाउने गरिएको भएपनि यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेल र बुङ्मती गरी दुई स्थानमा भोटो देखाइने भएको छ ।