शुक्रबार, बैशाख १४, २०८१

बहुमतीय प्रक्रियाको आधारमा आज राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

एमालेको तर्फबाट राष्ट्रपतिका लागि विद्यादेवी  भण्डारीको उम्मेदवारी
काँग्रेसको तर्फबाट कुलबहादुर गुरुङ मैदानमा,सहमतिको प्रयास अझै जारी 

काठमाडौ कात्तिक १०, व्यवस्थापिका–संसद्मा बहुमतिय प्रक्रिया अन्र्तगत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा बहुमतिय प्रक्रिया अन्र्तगतबहुमतिय Untitled-1प्रक्रिया अन्र्तगत राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुरुप निर्धारित समयमा दर्ता गराइएका प्रस्तावबमोजिमको राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने रहेको छ ।

त्यस्तै प्रकाशित नामावलीमाथि आजै अपराह्न २ बजेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । भने यसवीचमा उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको छ । प्रकाशित निर्वाचन कार्यक्रमानुसार कात्तिक ११ गते अपराह्न ३ बजे व्यवस्थापिका–संसद्मा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ ।  यसअघि स्थायी समतिको बैठकबाट सोमवार सत्तारुढ दल नेकपा एमालेले राष्ट्रपतिका लागि पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय  गरिसकेको छ भने प्रमुख प्रतिपिक्ष दल नेपाली काँग्रेसले वरिष्ठ केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाइ उम्मेदवार बनाउँने तयारी गरको छ । यसवारे आधिकारिक निर्णय भने आइसकेको छैन । त्यस्तै एमाओवादीले भने सहमति भए साझा उम्मेदवार लाइ नभए एमालेका उम्म्दवार भण्डारीलाई लाइ सघाउँने निर्णय सोमवार नै गरिसकेको छ ।      यद्यपी     सहमतिको लागि जारी प्रयासका लागि     उपयुक्त उम्मेदवारका नाममा सहमतिका लागि अन्तिम प्रयास लाइ भने निरन्तर जारी गर्ने राख्दै  दलहरु संवादमा जुटेका छन ।

उपराष्ट्रपति पदको  निर्वाचन भने  १४ गते शनिबार बिहान ११ बजे  गर्ने  गर्नेगरि सभामुख धर्तीद्दारा  मिति र समय संशोधन:

यसैवीच व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको भएपनि सभामुख ओनसरी घर्तीले विशेष कारणवश उपराष्ट्रपति पदको निर्वाचन भने १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोक्नुभएको व्यवस्थापिका–संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।  सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।  त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ । त्यस्तै एमाओवादीले उपराष्ट्रपतिमा पूर्वलडाकु प्रमुख नन्दकिशोर पुनलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ ।