शुक्रबार, बैशाख १४, २०८१

पञ्चाङ्ग निर्णायक समितिद्दारा दसैँको साइत सार्वजनिक: टीकाको साइत कात्तिक ५ गते बिहान १०ः५५ मा

काठमाडौ आश्विन १८, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको साइत अनुरुप घटस्थापनाको आश्विन असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यस्तैगरि कात्तिक ३ गते मङ्गलबार मनाइने फूलपातीका दिन बिहान १० बजेर ५५ Dashin-Ko-Teeka-400x250मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यस्तैगरि कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने भन्दै पञ्चाङ्ग निर्णायक समितिले कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।