शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको चियापान आज,चियापानले दलहरुबीचमा देखिएको वेमेलको स्थितीलाइ अन्त गर्ने नेताहरुको विस्वास

काठमाडौ कात्तिक ९ , नेपाली काँग्रेसले आज वडा दशैं, तिहार र छठको उपलक्ष्यमा पार्टीको तर्फबाट चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउँसो १ बजेदेखि nc flage४ बजेसम्म काठमाडौंको दशरथरंगशालामा हुने चियापानमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरु र सर्वसाधारणलाई समेत निम्त्याइएको काँग्रेसले जनाएको छ ।

मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सुरवात गर्नु भएको हो।
त्यस्तै प्रस्तुत चियापानले पार्टीहरुको बीचमा देखिएको वेमेलको स्थितीलाइ अन्तगर्दै मेलको वातावरण बनाउँन महत्वपूर्ण भूमिका खेल्ने विस्वास समेत नेताहरुले गरेको छ ।