बिहिबार, बैशाख १३, २०८१

आज महालक्ष्मीको पूजा आराधना सहित कोजाग्रत पूर्णिमा मनाइदै

ॐ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये,
धन पूरये, चिंताएं दूरये-दूरये स्वाहा:।

काठमाडौ कात्तिक ९, आज कोजाग्रत आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी imagesमहालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर मनाउँदै छ । धार्मिक विस्वास अनसार आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने रहेको छ ।

आज बेलुकी ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मङ्गबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ भने आकाशदीप दान र कात्तिक स्नान पनि कात्तिक १० गते मङ्गलबारदेखि सुरु गरिने भएको छ ।