शुक्रबार, बैशाख १४, २०८१

आज महानवमी र विजयादशमी पर्व मनाइदै

महानवमी र  विजयादशमी एकै दिन मनाइदै

images (41)काठमाडौ कात्तिक ५, आज आज वडा दशैको नवौ दिन दिन अर्थात आश्विन शुक्ल मआनवमी, महानवमीको अवसर आज देशभरका घरघरमा शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा अर्चना सहित महानवमी पर्व मनाइँदैछ । आजको दिन काठमाडौं उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा बिहानैदेखि बली पूजा गर्ने दर्शनार्थीको घुईंचो लागेको छ । आजै सवारी साधन तथा विभिन्न मेसिनरी सामानमा पनि पूजा गर्दै स्याकुत्याकु पर्व मनाउँने गर्छन ।

Dashin-Ko-Teeka-400x250यसवीच आजै आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रूपमा टीका जमरा ग्रहण गरिन्छ ।

पञ्चाङ्ग निर्णयक समितिका अनुसार यस अघि महानवमी पर्व समेत मनाउँदै विहान १०ः४५ बजे देवीको विसर्जन गरि र १०ः५५ बजेको साइतमा विजयादशमी मनाउँने भएको छ । विजया दशमीका दिन असत्यमाथि सत्यको विजय भएको खुसियालीमा हार्दिकता पूर्वक आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ ।