शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ पूर्व राजा ज्ञानेन्द्रको शुभकामना

काठमाडौं कात्तिक ५ ,  बडा दशैको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा एक  विज्ञप्ति जारी गर्दै नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शूभकामना व्यक्त गर्नुभएको छ ।

 सन्देशको पूर्णपाठ
प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ,
नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछू।
लामो समयको अनिश्चितता र कठिन संक्रमणाकालिन अवस्था पछि, राष्ट्रको मूल कानुनबाट मुलुकमा शान्ति, प्रजातन्त्र, स्थायीत्व र आर्थिक संमृद्धि सँगै आपसी सद्भाव स्थापित हूने छ भन्ने चाहना र धैर्य नेपालीहरुले राख्दै आएका हून् ।
जनताद्धारा जनताका निम्ति बन्नू बनाईनू पर्ने विधि व्यवस्था आम जनतावाटै अनुमोदित हुनुपर्ने हून्छ। मैले जाने बूझे सम्म राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समुदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अगिंकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधीलाई नसमेटिँदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ ।
विधि निर्माण र व्यवस्थापनको महत्वपूर्ण घडीमा देशका जिम्मेवार सुरक्षा पात्र र होनहार नागरिकहरुको जिउ ज्यान नै जोखिममा पर्नू अझ गम्भिर चिन्ताको विषय हो । परस्पर मिलिजूली एकताका साथ रहिआएको हाम्रो नेपाली समाजमा हाल देखा परेको परिस्थिति नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस् । समग्र सहभागिता, समस्त सामञ्जस्य र सम्पुर्णको समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नू पर्दछ।
हिमाल, पहाड र तराईमा देखा परेको विद्यमान द्वन्द्व, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनू स्वाभाविकै हो । आम नागरिकले सधै नै निर्धारित सूलभ वजार व्यवस्था तथा नियमित आवागमनको सूचारु सूविधा पाउनु पर्दछ । तर दशैं, तिहार र छठ जस्ता नेपालीहरुको विशेष चाडपर्वमा समेत वजारमा इन्धन, औषधि एवं खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु कै अभाव हुुनुको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन गर्न समेत पाईरहेका छैनन् । यसबाट न्युन आयस्रोत भएकाहरुले त झनै मार खप्नू परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ । भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडीत नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अव धेरै लम्विनु हूदैंन भन्ने मेरो चाहना रहेको छ।  राष्ट्रिय स्वार्थ, राष्ट्रियता र राष्ट्रिय समस्याको समाधान गर्न नेपाली मनको सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट हामी सवैलाई सत् प्रेरणा प्राप्त होस् । यहि मेरो कामना छ।
जय नेपाल