शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा राष्ट्रिय पर्व इन्द्रजात्रा सुभारम्भ, इन्द्रध्वजा फहराइयो

काठमाडौ आाश्विन ८, राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्राको सुभारम्भ स्वरुप हनुमानढोका दरवार परिसरमा आज विहान वर्ष ०७२को ७:४५’बजेको शुभ साइतमा anup_20150925_2 anup_20150925_3 anup_20150925_5 anup_20150925_7 anup_20150925_8 anup_20150925_9 anup_20150925_10 anup_20150925_11 इन्द्रध्वजा फहराइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशी अर्थात् नेपाल संवत्को ञलाःथ्व द्वादशीका दिन विधिविधानपूर्वक लिङ्गो उठाएर ध्वजा चढाइने परम्परा रअिआएको छ। इन्द्रध्वजा फराइएपछि राजधानीमा इन्द्रजात्रा सात दिनसम्म मनाउँने गरिन्छ । इन्द्रध्वजा फहराउँने क्रममा गुर्जुको पल्टनले विशेष बाजागाजाका साथ तोप पड्काएर सलामी दिएको थियो।

त्यसैगरी यसअघि स्थानीय तलेजु भवानी मन्दिरमा राखिएको भवानीको प्रतीकका रुपमा सेतो घोडालाई ल्याएर पूजा गरिएको थियो। करिब ३२ हातको सो लिङ्गो भक्तपुरको चितपोलस्थित जङ्गलबाट हनुमानढोकामा पुर्‍याइएको थियो।  गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका कारण पूर्णत क्षतिग्रस्त हनुमानढोकामा मनाउँन लागिएको इन्द्रजात्रामा गणेश, भैरव र श्रीकुमारीको रथयात्रा गर्ने चलन छ। सोही अवधिमा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीबाट श्रीकुमारीको दर्शन गरिन्छ। यसैबीच हनुमानढोकास्थित टेकोनै टेकोको धराप वीच श्वेतभैरव सर्वसाधारणको दर्शनका लागि आजदेखि एक सातासम्म खुला गरिएको छ।