बिहिबार, बैशाख २०, २०८१

नेपाल सरकार र आन्दोलनरत पक्षलाई वार्ताको पहल गर्न आग्रह

काठमाडौ आश्विन ८, यो वा त्यो बहानामा तराइ क्षेत्रमा जारी आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नु परेकाले नेपाल सरकार र आन्दोलनरत पक्षलाई वार्ताको पहल गरी उचित समाधान गर्न भूतपूर्व सैनिक महासङ्घले आग्रह गरेको छ । भूतपूर्व सैनिक महासङ्घका तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र र राष्ट्रियता जोगाउनु सबै नागरिकको कर्तव्य भएकाले यस कुरालाई सबैले आत्मसात गर्नका लागि महासङ्घका अध्यक्ष डा लक्ष्मीकान्त पाण्डेयले सबैसँग अनुरोध गर्नुभएको हो ।
लामो कसरत पछि नेपाली नागरिकले प्राप्त गरेको ‘नेपालको संविधान २०७२’ को संरक्षण र कार्यान्वयन गर्नु देश र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकको कर्तव्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।