शुक्रबार, बैशाख १४, २०८१

हिन्दूराष्ट्रको स्थापनार्थ राजधानीमा जारी आन्दोलनमा हिन्दूराष्ट्र लाओ नेपाल बचाओ अभियानको एैकेवद्धता

जारी आन्दोलमा आ -आफ्नो तक र तप्काबाट एकाकार हुँन आग्रह

आन्दोलनमा एकाकार हुँन अभियानको नेतृत्वमा प्रवासबाट वृहत प्रदर्शन गर्दै राजधानी प्रवेश गर्न संयोजक इ.बरालको चेतावनी

नयाँ दिल्ली भाद्र १६ , नेपालमा सनातन हिन्दू राष्ट्रको स्थापनार्थ आन्दोलनरत नेपाल हिन्दु जारण सभाका राजधानीमा मंगलवार देखि राजधानीको खुलामञ्चमा सुरु भएको आमरण अनशनप्रति  (हिन्दूराष्ट्र लाओ नेपाल बचाओ ) अभियानका संयोजक र्इं. विष्णु प्रसाद बरालले एैकेवद्धता जनाएका छन् । एसपी baralमेमोरियल शिक्षानिकेतनका आयोजनामा अभियानको तर्फबाट गत आईतबार भारतस्थित जन्तरमन्तरमा नेपाल हिन्दूराष्ट्र घोषणाको लागि वृह्त धार्मिक सभा सहित प्रदर्शन गरिएको थियो ।  कार्यक्रमको सफलता पश्चात चर्चित बनेको अभियानका संयोजक बरालले सोमबार अचार्य बालकृष्ण आचार्यसँग भेटेका थिए । भेटमा आचार्यले प्रस्तुत आन्दोलनमा आफ्नो पनि समर्थन रहेको अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल हिन्दू जारण सभाले हिन्दू राज्य स्थापनार्थ नेपालमा जारी आन्दोलनमा एकाकार रहेको अभिव्यक्ति सहित जारी   आमरण अनशनमा अभियानका संयोजक ई. विष्णु प्रसाद बरालले आफु र आफ्नो संगठनको पूर्ण समर्थन रहेको   बताएका छन ।   त्यस्तै जारी आमरण अनशनको सफलताको कामना  गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा एकता नै बल भएको जिकिर सहित हिन्दूराष्ट्र स्थापना र यसको रक्षाका लागि जारी लडाईमा जुनसुकै विकल्पको पनि अख्तियार गर्न पछिनपर्ने उल्लेख  गरेका छन  । यस अर्थमा पनि प्रस्तुत आन्दोलनमा आ-आफ्नो तक र तप्काबाट एकाकार हुँन सम्वद्ध सवैमा आग्रह गर्दै ई. बरालले आवश्यता अनुरुप आन्दोलनलाई साथ दिन अभियानको नेतृत्वमा प्रवासबाट वृहत प्रदर्शन गर्दै राजधानी प्रवेश गर्न सक्ने आशय विज्ञप्तिमा उल्लेख गरेका छन  ।