बिहिबार, बैशाख १३, २०८१

भक्तपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

भक्तपुर भाद्र १६,  कुनै पनि सवारी साधान भनेको अनमसत प्राप्त तथा कुसल चालकलृ त्यो पनि सावधानी पूर्व चलाउँनु पर्ने हो । तर सवारी चलाउँन पाइयो  भन्दैमा वेपरवाह रुपमा खलासीले समेत चलाउँन थाले पनि पैदल यात्रु मात्र नभएर सवारीमा यात्रा गर्दै गरेका यात्रुहरुले अनाहकमा ज्यान गुमाउँनु परेको अवस्था download (2)छ ।

हो यसै क्रममा खलासीले चलाएको निसान ट्रकको ठक्करबाट भक्तपुरमा आज एक पैदलयात्रीको मृत्यु भएको छ । इँटा बोकेको बा३ख ७७ नम्बरको उक्त ट्रकको ठक्करबाट पैदल यात्री सिस्नेरी–८, ओखलढुङ्गा घर भई भक्तपुर जगाती बस्ने २६ वर्षीय विनोद राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिएलगत्तै उपचारका लागि मध्यपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा निजको मृत्यु भएको र ट्रक चलाउने नुवाकोट बेतिनी घर भई भक्तपुर बस्ने १९ वर्षीय खलासी दावा तामाङ र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।