बिहिबार, बैशाख १३, २०८१

हिन्दूराष्ट्र कायम नभएसम्म आमरण अनशन जारी रहने : गोव्रतीगुरु सोमराज

काठमाडौ भाद्र १६, संविधानमा नेपाललाई हिन्दूराष्ट्र गर्दै गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनत बन्द हुनुपर्ने लगायतका ७ बुँदे माग सहित सनातन aa bb ccहिन्दू राष्ट्र कायम गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय हिन्दू यूवा मञ्चले सुरु गरेको आमरण अनशनको तेस्रो दिन पनि जारी रह्यो ।
मञ्चद्दारा आज जारी समाचारमा आज आमरण अनशन स्थलमा राप्रपा नेपालका सभासद सीता ज्ञवाली , सोहि पार्टीका समहामन्त्री तारानाथ लुइटेल, उपाध्यक्ष टंक ढकालका साथै कांग्रेसका नेता लक्ष्मण प्रसाद घिमिरे, लोकेश ढकाल र विश्व हिन्दु महासंघका सभापति निल प्रसाद भण्डारी लगायतले एैकेवद्धता जनाउँनु भएको उल्लेख गरिएको छ ।
साथै गोव्रती सोमराज गुरुले कार्यक्रममा आफ्ना भनाईहरु राख्दै नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न कसैले पनि रोक्न नसक्ने धारणा अभिव्यक्त गर्दै ७ बुँदे माग पुरा नहुँदासम्म अनशन जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भएको उल्लेख गरिएको छ ।