शनिबार, बैशाख १५, २०८१

सरकार र थरुहट संघर्ष समितिवीचको वार्ता निष्कर्षहीन,संविधान निर्माणको प्रक्रिया शुरु गरिने

काठमाडौं भाद्र २७ , प्रधानमन्त्री सुशील कोइराला र थरुहट संघर्ष समितिबीच आज बिहान भएको वार्तामा विना निष्कर्ष टुङगीएको छ ।तीन दलका नेतासँग अनौपचारिक छलफल गर्न थरुहट संघर्ष समिति वार्ता टोलीका नेताहरु बालुवाटार गए पनि वार्तामा एमाले र एमाओवादीका नेता उपस्थित भएनन् । त्यसपछि download (5) downloadप्रधानमन्त्रीसँग भएको छलफलमा थरुहट पक्षका नेताहरुले वार्ताका लागि आफ्नो तर्फबाट सेना फिर्ता गरी निषेधित क्षेत्र हटाएमात्र औपचारिक वार्ता हुनसक्ने शर्त प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
त्यसपछि आन्दोलन स्थगित गरे सेना फिर्ता लगायतका माग पूरा गर्न सरकार तयार रहेको जनाउँ दिनु भएको बुझिएको छ ।  त्यस्तै  समितिले आन्दोलन स्थगित  गर्ने मनस्थिती  नदेखाएपछि   थरुहटसँगको वार्ता विना निष्कर्ष टुङगीएको  हो । थरुहटरथारुवान संयुक्त संघर्ष समितिले शनिवार सभासद् अमन लाल मोदी, राज कुमार लेखी र मिनराज चौधरी सहितको वार्ता टोली गठन गरेका थिए ।

साथै एकाताफै   वार्ताका् लागि    आव्हान हुँदैका अवस्थामा र संयुक्त मधेशी मोर्चाका नेताहरु वार्तामै नआउँनु  र थरुहटसँगको वार्ता विना निष्कर्ष टुङगीएका  कारण    अब संविधानसभामा संविधान निर्माणको प्रक्रिया शुरु गरिने भएको छ । त्यसका लागि तीन दलका शीर्ष नेताले संविधानसभामा सम्बोधन गर्ने तयारी गरिएको थाहा भएको छ ।  यसअघि कांग्रेस, एमाले र एमाओवादीले ल्याएको संघीयताको सात प्रदेश र त्यसको सीमांकनप्रति असन्तुष्ट रहँदै एक महिनादेखि आन्दोलनरत तराई केन्द्रित केही दल र संगठनलाई   वार्ता आह्वान गर्दै शुक्रबार दुई दिन संविधानसभाको प्रक्रिया स्थगित गरिएको थियो ।