शुक्रबार, चैत्र १६, २०८०

सरकारले दिएको जिम्मेवारी पुरा गर्न आफूहरु सक्षम रहेको अध्यक्ष मानन्धरको उद्घोष

काठमाडौ भाद्र २७,   विस २०२० साल भाद्र २७ गतेका दिन पव्लिक प्राइभेट पार्टनरसिपको रुपमा स्थापना भएको पहिलो कम्पनी साल्ट टेडिङ कर्पोरेशन लि ले आज एक विशेष कार्यक्रमकावीच आफ्नो स्थापनाकालको ५२ औ वर्ष पूरा गरि ५३ औ वार्षिकउत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले मुलुकको बदलिँदो परिस्थितिको मूल्यांकन गर्दै सोहि अनुरुपका कार्ययोजना तय गर्दै आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 त्यस्तै उहाँले साल्ट टेडिङले विगतमा हाँसिल गरेको सफलताको धरातलमा उभिदै आगामी दिनमा जस्तोसुकै चुनौतिको सामना गर्न ढृद संकल्पीत रहेको  उद्घोष  गर्दै  सरकारले दिएको जिम्मेवारी पुरा गर्न आफूहरु सक्षम रहेको बताउँनु भएको छ ।

त्यस अवसरमा अध्यक्ष मानन्धरले साल्ट टेडिङको गरिमा अक्षुण्ण राख्न योगदान गर्नु हुँने कर्मचारीप्रति समेत आभार व्यक्त गर्दै कर्पोशनले स्थापना गरेको वर्ष ०७२को रु ५० हजार राशीको बाल हितकारी पुरस्कार यस वर्ष शान्तिसेवा आश्रम कोटेश्वरलाई प्रदान गर्नुभएको थियो ।  त्यस्तैगरि हेम बहादुर मल्ल उत्कृष्ट पुरस्कार भने अधिकृतस्तरतर्फ अञ्चल कार्यालय विराटनगरका रमेश बहादुर थापालाइ र नन अधिकृतस्तरतर्फको पुरस्कार भने जनार्दन ढगाना काठमाडौंलाइ  प्रदान गर्नु भएको थियो । साथै समारोहमा उहाँले अनङगमान र लोकनाथ छात्रवृत्रि भने अञ्चल कार्यालय काठमाडौं र महेन्द्रनगर उपशाखामा कार्यरत कर्मचारीका सुपुत्र र सपुत्रीलाइ उपलब्ध गराउँनु भएको थियो ।

(कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठ)

यसैबीच कार्यक्रममा कर्पोरेसनले गतवर्ष ६ अर्ब ८२ करोड ४८ लाख कारोवार   गरेको पनि सो अवसरमा जानकारी दिइनुको अलावा कर्पोरेसनले गत बैशाख  १२ को महाभुकम्प पीडितको सहयोगार्थ वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा रु २९ लाख रकम जम्मा जानकारी दिईएको थियो ।  ५३ औ वार्षिकउत्सवको अवसरमा कर्पोरेशनद्दारा सहायक प्रबन्धकद्दय इन्द्रमान मर्हजन शिवदास मर्हजन त्यस्तैगरि सवारी चालकद्दय राकाजी थापा श्यामकाजी थापा र कार्यालय सहयोगी हरिशरण सिलवाल लगायतलाई पनि कदरपत्रबाट सम्मानित गरिएको उक्त अवसरमा आयोजित रक्तदानमा ४७ जनाले रक्तदान समेत गरेका थिए ।