शुक्रबार, बैशाख १४, २०८१

संविधानको स्वागत गर्दै नेवि सङ्घद्दारा मोटरसाइकल -यालीको आयोजना

काठमाडौ आश्विन १, संविधान बहुमतका साथ पारित भएको खुसियालीमा नेपाल विद्यार्थी सङ्घले आज मोटरसाइकल -याली निकालेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् काँग्रेसका महामन्त्री समेत रहेका प्रकाशमान सिंहले –11219658_10153629975852329_8805366989278999143_n 12004087_10153629975842329_3668419391247534498_n (1) यालीको उद्घाटन गर्नु भएको थियो ।

-यालीको उद्घाटन गर्दै उपप्रम सिहंले लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी सङ्घको महत्वपूर्ण भूमिकाको सस्मरण गदैं त्यो वेला लडेको लडाईले आज सफलता पाएको बताउँनु भएको थियो । त्यस्तै सङ्घका अध्यक्ष रञ्जित कर्णले नेपाली जनताले चुनेर पठाएको संविधानसभाबाट ६ दशक यता देखिका जनताको सपना पूरा भएको बताउँनु भएको थियो । प्रस्तुत – याली प्रदर्शनीमार्गबाट सुरु भएर कालिकास्थान, कमलपोखरी, कमलादी, भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो ।