बिहिबार, बैशाख १३, २०८१

भारतीय प्रम मोदीका विशेष दूत राजधानीमा

काठमाडौ आश्विन १, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा भारतका विदेश सचिव एस जयशंकर आज नेपाल भ्रमणको लागि भन्दै राजधानी आइपुगेका छन् । नेपाल भ्रमणमा आइपुगेका भारतीय विदेश सचिव जयशंकरले शुक्रबार राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सेना प्रमुख राजेन्द्र क्षेत्रीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार विदेश सचिव जयशंकरले सिमाङकनको सवालमा आन्दोलित हुँदै समग्र संविधान निर्माणको प्रक्रियामा असमति प्रकट गर्दै आइरहेको मधेसवादीदल सहित एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम रहेको दावी गरेका छन । नयाँ संविधान जारी हुने निश्चित भइसकेको अवस्थामा भारत सरकारले नेपालमा आफ्नो दूतको भ्रमणलाई चासोका साथ हेरिएको छ । भारतीय विदेश सचिव शनिबार नै स्वदेश फर्किने कार्यक्रम छ ।