शुक्रबार, बैशाख १४, २०८१

कथित अधिवेशन विरुद्ध पत्रकार भण्डारीको उजुरी

काठमाडौं श्रावण २२ , संसदीय मामिला पत्रकार समाजको गत अषाढ २६ गते भएको अधिवेशन तथा साधारण सभालाई अबैधानिक घोषित गरी नयाँ नेतृत्व खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ ।
images (2)समाजका साधारण सदस्य जीवन भण्डारीले संस्थाको विधानमा साधारणसभा तथा अधिवेसनका लागि सबै सदस्यहरुलाई कम्तिमा १५ दिन अगावै लिखित वा सार्वजनिक सूचना दिनुपर्ने भएपनि त्यस्तो नगरी बन्द कोठामा सिमित सदस्यहरुको भेला गरी कथित साधारणसभा गरिएको भन्दै उजुरी दिनुभएको हो ।
समाजको यस भन्दा अघि सम्पन्न गरिएको अधिवेसनमा जम्मा सदस्य संख्या २०९ जना रहेकोमा विधान बमोजिम कार्यसमितिले सदस्य नवीकरणका लागि सम्पूर्ण सदस्यहरुलाई जानकारी समेत नगराएको र सदस्यता नवीकरणको लागि कार्यसमितिले निर्णय समेत नगरी हचुवाको भरमा बन्द कोठामा सिमीत र अबैध सदस्यहरुको भेलालाई साधारण सभा मान्न मिल्ने भण्डारीको जिकिर छ ।  “सदस्यता नविकरण नहुँदा सम्म अघिल्लो अधिवेसनमा सहभागि सदस्य संख्या नैं आधिकारिक रुपमा मनिने तर २०९ सदस्यको ५१ प्रतिशत पुर्याउनुपर्ने विधानको व्यवस्था रहेकोमा सो समेत पुरा नगरी गणपुरक संख्या समेत नपु-याई भएको कुनैपनि साधारणसभा, अधिवेसन अबैध हुने विधानमा प्रस्ट व्यवस्था छ”, उजुरीमा भनिएको छ ।
विधानका धेरै व्यवस्थाहरु उलंघन गरिएकाले कथित साधारण सभा तथा अधिवेशन र त्यसबाट गठन गरिएको भनिएको राजेन्द्र फुयाल नेतृत्वलार्ई अबैधानिक घोषित गरी वैधानिक रुपमा नयाँ अधिवेसन गर्न आदेश दिन उजुरीमा माग गरिएको छ । साथै यो उजुरी किनारा नलाग्दा सम्म संस्था र सदस्यहरुको नवीकरणको प्रक्रिया समेत स्थगन गर्न पत्रकार भण्डारीले जिल्ला प्रशासन कार्यालयसंग आग्रह गर्नु भएको छ ।
यसअघि संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि फुयाल नेतृत्वको नयाँ कार्यसमितिले आयोजना गरेको पद हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्विकार गर्नु भएको थियो । उहाँले विवादित समितिले आयोजना गरेका कुनैपनि कार्यक्रममा आफु सहभागी हुन नसक्ने स्पष्ट पार्दै प्रक्रिया पुर्याएर अधिवेशन गर्न आग्रह गरिसक्नु भएको छ । समाजमा आवद्ध दुई तिहाई सदस्यहरुलाई थाहै नदिई कथित अधिवेशन गरिएको भन्दै व्यवसायीक र सक्रिय अधिकाँश पत्रकारहरुले अहिलेको नयाँ कार्यसमितिलाई बहिस्कार गर्ने बताउदै आएका छन् ।