बिहिबार, बैशाख १३, २०८१

महासङ्घलाई साझा संस्थाको चरित्र नगुमाउन युनियनद्दारा ध्यानाकर्षण

काठमाडौ श्रावण २२,  नेपाल प्रेस युनियनले नेपाल पत्रकारमहासंघलाई आफ्नो साझा संस्थाको चरित्र नगुमाई पत्रकारका हकहितमा काम गर्न ध्यानाकर्षण गराएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा गएको टोलीले आज समाचार सङ्कलनका क्रममा सुरक्षाकर्मीबाट दुव्र्यवहारमा परेका र सोही घटनापछि जागिर गुमाएका पत्रकार सन्दीप योगीलाई न्याय दिलाउन महासंघले आवश्यक Nepal-Press-Union_20140908050041भूमिका निर्वाह नगरेको भनी असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष सिग्देलले महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट स्वयम् समाचार प्रमुख रहेको सञ्चारमाध्यमका पत्रकारका विषयमा महासङ्घ केन्द्रीय कार्यालयमा आज भएको छलफलमा अध्यक्ष सिग्देलले सो घटनाका सम्बन्धमा महासङ्घले जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन भन्दै महासंघ सबैको साझा संस्था हो, छाता संस्थाले सञ्चारकर्मीमाथि अमर्यादित र धम्कीपूर्ण भाषाको प्रयोग गर्दै विज्ञप्ति जारी गर्नु महासङ्घको चरित्र विपरीत भएको बताउँनु भएको थियो ।

त्यस्तै्र युनियनले महासंघले पत्रकार योगीलाई इमेजमा यथाशीघ्र पुनःस्थापना गरी सम्मानपूर्वक काम गर्ने वातावरण निर्माणका लागि महासङ्घसहित अन्य संस्थालाई पहल गर्न माग गरेको छ । त्यस्तै महासंघका अध्यक्ष डा विष्टले योगीको पुनःस्थापना र सम्मानपूर्वक काम गर्ने वातावरण निर्माणमा महासङ्घले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महासङ्घ र युनियनबीचमा केही असमझदारी देखिएकामा त्यसमा सुधारका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभएको बुझिएको छ ।